arrow

सर्वोच्चमा वकिलहरूको आन्दोलन भाँड्न गएका १७ जना पक्राउ : भित्र बाहिरै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
supr.jpg

काठमाडौँ। सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन र सर्वोच्च बार आबद्ध कानुन व्यवसायीहरुको धर्ना बिथोल्न सर्वोच्च पुगेका १७ जना पक्राउ परेका छन्।

उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा नाराबाजी गर्दै सर्वोच्च अगाडी गेटमा पुगेका थिए।

सो क्रममा धर्नामा बसेका कानुन व्यवसायी र प्रधानन्यायाधीशको समर्थनमा पुगेको पक्षबिच झडपको स्थितिसमेत बनेको थियो। 
सो क्रममा प्रहरीले तारा बरालको नेतृत्वमा रहेको समूहका १७ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले बराल समूहबाट प्रदर्शनमा उत्रिएका १७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। उनीहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

प्रधानन्यायाधीश जबरा भने बिहानै प्रहरीको उच्च सुरक्षा घेराबाट सर्वोच्च अदालत छिरेका थिए । उनको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलनरत नेपाल बार र सर्वोच्च बारेका वकिलहरू गेटमा धर्ना दिँदै गर्दा प्रधानन्यायाधीश जबरालाई प्रहरी वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गराएको थियो।

सर्वोच्च अदालतमा अहिले प्रहरी सुरक्षा व्यवस्था कडा बनाएको छ भने बेलाबेला प्रहरीले कानुन व्यवसायीबिच धकेलाधकेल पनि भइरहेको छ।

नेपाल बार र सर्वोच्च बारेका वकिलहरूले गत शुक्रवारबाट प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेशमा रोक लगाउने भन्दै धर्ना दिँदै आइरहेका छन्।

उनीहरूले प्रधानन्यायाधीश राजीनामा नआएसम्म आफ्नो विरोधका कार्यक्रमहरु जारी रहने पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ