arrow

सर्वोच्च अदालतबारे प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच सर्वोच्च अदालतमा देखिएको विवादका बारे छलफल भएको छ।

बिहीबार केही कानुन व्यवसायीसँग सिंहदरबार स्थित मन्त्रालयमा भेट गरेपछि कानुनमन्त्री बडु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका थिए।

सर्वोच्च अदालतमा तनावको स्थिति बन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री बडुलाई बोलाएका हुन्।

‘कानुनमन्त्री प्रधानमन्त्रीसँग भेटका लागि हिजो आउनु भएको थियो, सो क्रममा अदालतको विवादका विषयमा छलफल भएको थियो,’ बालुवाटार स्रोतले भन्यो।

कानुनमन्त्री बडु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती लगायतसँग भेटगरेपछि बालुवाटार गएका थिए।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउन कानुनमन्त्रीलाई सुझाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ