arrow

सर्वोच्चमा कालोकोटबीचमै घम्साघम्सी : प्रधानन्यायाधीश १ नम्बर गेटबाट गरे प्रवेश

सर्वोच्चबाट प्रहरी हटाउन गृहमन्त्रीलाई फोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Supreme-court-dharna-cj1.jpg

काठमाडौं। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पक्ष र विपक्षमा उत्रिएका कानुन व्यवसायीहरुबीच घम्साघम्सी परेको छ। प्रदर्शनमा उत्रिएका नेपाल बार एसोसियसन आबद्ध कानुन व्यवसायी, सर्वोच्च बार आबद्ध कानुन व्यवसायी र प्रधानन्यायाधीशको पक्षमा उभिँदै आएको पक्षबीच सर्वोच्च अगाडी गेटमा झडप भएको हो। 

नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरूले आजबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा अवरोध गर्मे निर्णय गरेका थिए।

बारको सो निर्णय पछि सर्वोच्चमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसअघि सर्वोच्चमा डीएसपी र एसपीको नेतृत्वमा प्रहरी परिचालन हुँदै आएकोमा आज भने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह आफैँ खटिएका छन्।

प्रहरीले सर्वोच्च छिर्ने सबै गेटमा कडा सुरक्षा दिएको छ भने सर्वोच्च बार र नेपाल बारका कानुन व्यवसायीहरूलाई प्रवेश गर्न दिएको छैन।

कानुन व्यवसायीहरूको प्रदर्शनपछि प्रहरीको बाक्लो सुरक्षाको घेरा पन्छाउँदै प्रधानन्यायाधीशलाई १ नम्बर गेटबाट प्रहरीले सर्वोच्च भित्र प्रवेश गराएको छ । यसअघि भने उनी मूल गेटबाटै प्रवेश गर्ने गरेका थिए।

अहिले महान्यायाधिवक्ता कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको सर्वोच्च प्रवेश गर्ने गेट बन्द गरिएको छ भने त्यहाँ चार घेरामा प्रहरी राखिएको छ।

सर्वोच्च भित्र पछि प्रहरी ठुलो सङ्ख्यामा खटाएको छ भने भीड नियन्त्रणका लागि आवश्यक उपकरण पनि प्रहरीले त्यहाँ पठाएको छ।

यसैबीच नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले भने सर्वोच्चमा शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरिएको भन्दै आपत्ति जनाए।

उनले हतियारसहितको सुरक्षाकर्मी ठुलो सङ्ख्यामा खटाएर प्रधानन्यायाधीशलाई बिचौलिया र दलालको मतियारका रूपमा उभ्याउन खोजिएको बताए।

सर्वोच्च अगाडी अहिले पनि कानुन व्यवसायीहरूको धर्ना जारी छ। धर्नाबाटै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरी आधा घण्टा भित्र सर्वोच्चबाट प्रहरी हटाउन चेतावनी दिएका छन्।

उनले कानुन व्यवसायीहरू शान्तिपूर्ण रूपमा धर्नामा बसेको भन्दै सुरक्षाकर्मी नहटाए राम्रो नहुने र त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने गृहमन्त्री बालकृष्ण खाँणलाई भनेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ