arrow

कास्की प्रहरीद्वारा लागुऔषधसहित दुई युवती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
Pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ । कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरबाट उनीहरू पक्राउ परेका हुन् । 

शङ्कास्पद अवस्थामा हिँडिरहेका समयमा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका वडा नं.७ घर भई हाल पोखरा म.न.पा. ९ नयाँबजार बस्ने वर्ष ३१ की प्रेमा गुरुङ र उनीसंगै बस्ने गुल्मी मालिका गाउँपालिका वडा नं. २ की वर्ष ३१ की कोपिला अर्याल रहेका छन् । 

उनीहरूको साथबाट लागूऔषध डाईजापाम-७४ एम्पुल, ब्रुफिनुर्फिन-७० एम्पुल, फेनेरागन-७२ एम्पुल गरी कूल २१६ एम्पुल बरामद भएको डिएसपी हमालले बताए । 

उनीहरूलाई जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ