arrow

प्रधानन्यायाधीश जबराको पक्ष र विपक्षमा प्रदर्शन, शुक्रबार सर्वोच्च प्रवेशमा अवरोध गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nepal-bar-andolan.jpg
फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा भएको प्रदर्शनमा झडप समेत भएको छ । झडपमा ६ जना कानून व्यवसायी घाइते भएका छन् ।

‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’, चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा लगाएपछि उनीहरुलाई प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा झडप भएको हो ।

जबराको विरुद्ध प्रदर्शन भइरहँदा केही कानून व्यवसायीले उनको पक्षमा पनि प्रदर्शन गरेका छन् । जसका कारण माइतघर र रामशाह पथ क्षेत्र तनावग्रस्त बनेको थियो ।

माइतीघर मण्डलामा जबराको पक्षमा अधिवक्ता स्वागत नेपालसहितका अधिवक्ताहरुले राष्ट्रिय झन्डा बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले राज्यकोषबाट तलब खाएका न्यायाधीशहरुले इजलास वहिष्कार गर्न नमिल्ने बताएका छन् । शुक्रबार भने नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्ने घोषणा गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ