arrow

सर्वोच्चका न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ : बार अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौँ ।  सर्वोच्च अदालतका न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न जरुरी रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । बुधवार पत्रकार भेटघाटमा अध्यक्ष  श्रेष्ठले यस्तो बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने, “अदालतको काम कारबाहीलाई प्रभावित र बदनाम गराउने बिचौलियालाई रोक्ने बेग्लै संयन्त्रको खाँचो छ, सर्वोच्च अदालतका न्यायाधीशको सम्पत्ति विवरण पनि सार्वजनिक गर्न जरुरी छ ।” 

उनले न्यायालयबारे उठेका प्रश्न सम्बोधन गर्न तथा विधि र पद्धति स्थापित गर्न नेतृत्व सुध्रिन आवश्यक रहेको बताए ।  उनले सर्वोच्च अदालतका न्यायाधीशका सम्बन्धमा आएका विषयवस्तुबारे छानबिन गर्न संयन्त्र आवश्यक रहेको धारणा व्यक्त गरे ।

निष्पक्ष न्याय सम्पादनका लागि योग्य र सक्षम न्यायाधीश नियुक्तिलाई पारदर्शी तुल्याउन रोष्टर बनाउन सुझाव दिँदै उनले मुद्दाको पेसी गोला प्रथाद्वारा तोक्ने परिपाटीलाई स्थापित गर्न सुझाव दिए ।

नेपाल बार एशोसिएन सर्वोच्च अदालतसँग जोडिएका विषयलाई लिएर चरणबद्ध आन्दोलनमा रहेका बेला अध्यक्ष श्रेष्ठले समस्याको छिटो निकासका लागि सरकार र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँदै केही दिनभित्रै ज्ञापन पत्र दिने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ