arrow

लागुऔषधसहित दुई महिला पक्राउ

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
drug.jpg

गण्डकी । प्रहरीले कास्कीमा लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका-८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका-७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका-२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम-७४ एम्पुल, बरुफिनुर्फिन-७० एम्पुल र फेनेरागन-७२ एम्पुल बरामद गरिएको छ । 

दुवै जनाको कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ