arrow

बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मागे विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
rajendra-pandey-bagmati.jpg

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेतासमेत रहेका पाण्डेले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यसँग विश्वासको मत मागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा रहेका सबै दललाई आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेता पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ