arrow

प्रधानन्यायाधीश विरुद्ध कानून व्यवसायीहरुले गरे प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
nepal-bar-final.jpg

काठमाडौं । नेपाल बार एसोसिएसनले सोमबार पनि आफ्नो विरोध कार्यक्रम जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको बारले सोमबार पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

विहान १० बजे भेला भएका कानून व्यवसायीहरुले पाखुरामा कालोपट्टी बाधेर बिरोध गरेका हुन् । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन नेपाल बार एसोसियनले आइतबार नै एक विज्ञप्ती जारी गरेको थियो ।

बारले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो । बारले आन्दोलनलाई थप कडा बनाउन देशभरिका बार इकाइसँग छलफल गर्ने र विरोधका कार्यक्रम यथावत राख्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ