arrow

मकवानपुर प्रहरीद्वारा २७ बिगाहा गाँजा खेती फडानी

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
FB_IMG_1635775243400.jpg

हेटौँडा । मकवानपुर प्रहरीले दुई दिनमा २७ बिगाहा बढी जग्गामा लगाइएको लागु औषध गाँजा खेती फडानी गरि नष्ट गरेको छ । 

गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश दङा नियन्त्रण गण र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रूपमा खटिएको ७२ जनाको प्रहरी टोलीले आज (सोमबार) जिल्लाको कैलाश गाउँपालिका वडा नम्बर ७ बासताल, कोथेलिटार तथा सोही पालिकाको वडा नम्बर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहा लगाएको अवैध लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको ।

यस्तै हिजो (आइतबार) १७ बिगाहा १० कट्ठामा लगाएको लागु औषध गाँजा खेती फडानी गरी नष्ट गरेको थियो ।

कैलाश गाउँपालिका वडा नम्बर ४ नामटार, डाँडा, कैलाश गाउँपालिका वडा नम्बर ९ जलेस्वर, टिमुरे, खैरेनिटार र सोही स्थानका १० नम्बर वडाको घैराङटार स्थितको वडा एरियामा १७ बिगाहा १० कट्ठामा लगायतको अवैध गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ