arrow

प्रधानन्यायाधीश जबरासँग वार्ताको तयारी, सम्मानजनक बहिर्गमनको चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
cholendra1.jpg

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न टोली बनाएका छन् । आइतवार बसेको न्यायाधीशहरुको बैठकले तीन न्यायाधीश रहेको वार्ता टोली गठन गरेको हो ।

प्रधानन्यायधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि ल्याएपछि छलफलका लागि वार्ता टोली बनाइएको हो । बैठकले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशको प्रस्तावबारे छलफल गर्ने बताइएको छ ।

सम्मानजनक बहिर्गमनका विषयमा सोमबार बिहान न्यायाधीशहरुबीच छलफल गरि मोडालिटी तयार गरिदैछ ।

जबराले भने राजीनामा नदिने तर संसदमा महाअभियोगको सामना गर्ने संकेत दिइसकेका छन् । महाअभियोगका विषयमा राजनीतिक दलहरुबीच कुनै संवाद भएको छैन् ।  जबराको राजीनामा माग गरिरहेका कानून व्यवसायीहरुले आइतबार कालो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ