arrow

कानून व्यवसायीहरु विभाजित: मैदानमा कालो पट्टी भर्सेस सेतो पट्टी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
bar-asso.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यशैली विरुद्ध प्रदर्शन भइरहँदा कानून व्यवसायीहरुमा विभाजन देखिएको छ ।

जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिरहँदा अर्काथरी व्यवसायीहरु हातमा सेतो पट्टी बाँधेर नेपाल बार एसोसिएसन नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध प्रदर्शनमा उत्रिएको छ ।

बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका थिए । तर अधिवक्ता स्वागतलगायतका कानून व्यवसायीहरुले कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन गरेका छन् ।

प्रधानन्यायाधीश जबरलाई इजलासमा नबस्न आग्रह गर्दै राजीनामा गर्न ५ दिने अल्टिमेटम दिएका बार सम्बद्ध कानून व्यवसायीलाई काउन्टर दिनका लागि सेतो पट्टीसहित प्रदर्शन गरिएको हो ।

बार एशोसिएसनको शुक्रबार बसेको कार्य समितिको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै अल्टिमेटम दिएको थियो । तर स्वागत नेपाल समूहका व्यवसायीहरुले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाउँदै प्रदर्शन उत्रिएका हुन् ।

उनीहरु स्वतन्त्र कानून व्यवसायीहरुको तर्फबाट आन्दोलनमा उत्रिएका हुन् । स्वागत नेपाल र कृष्ण प्रसाइ लगायतको समूहले यसअघि नै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ