arrow

सर्वोच्च अघि कुटाइखाने वकिलले भने - ‘इतिहासमा पहिलो पटक पिटाई खानु पर्‍यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
supreme-court-long.jpg

काठमाडौँ ।  अधिवक्ता भूमिनन्द चुँडाले कानुन व्यवसायी भएर काम गरेको ३५ वर्ष भएको भन्दै इतिहासमा पहिलो पटक पिटाई खानु परेका बताए । उनले कानुन व्यवसायीहरू अधिकारबाट वञ्चित भएको विषयमा बोल्दा आफूले बार भित्रै कुटाई खानु परेको बताए ।

उनले देशको नियम कानुन मान्ने वकिलहरूले नै आफूमाथि आक्रमण भएकोमा आपत्ति व्यक्त गरे । अदालतमा गुण्डागर्दी शैली वृद्धि भएको भन्दै बोल्न पनि नपाएकोमा गुनासो गरे । न्यायालय असफल बनाउन खोजिएको टिप्पणी गर्दै भने, ‘न्यायाधिशहरुलाई अलिकति पनि देश र जनताको माया छ भने विकट ठाउँबाट गम्भीर मुद्दा लिएर आएका धेरै छन् । उनीहरूलाई थप पीडा हुने भन्दै यसबाट हुने क्षतिको न्यायाधिसहरु नै जिम्मेवार हुनुपर्छ ।’

उनले आफूलाई आक्रमण गर्ने वकिलहरूले कानुन व्यवसायीहरूको सल्लाह अनुसार माफी मागेको बताए ।उनले भने,‘श्रीमानहरूले बेन्च नबस्दा हामी जस्ता साना वकिलहरूलाई खान नपाएको भन्दै मैले अन्तरवार्ता दिएपछि रिसले म माथि कुटपिट भएको हो ।’

सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोसिएसन परिसरमा दुई जना कानुनी व्यवसायीबिच प्रधानन्यायाधीशको विषयमा विवाद हुँदा कुटाकुट भएको थियो । कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद भएको थियो। कानुन व्यवसायी चुँडाले इजलास बस्नु पर्ने तर्क सामूहिक रूपमा उभिएर भएको छलफलमा गरिरहेका थिए। 

तर अर्का कानुन व्यवसायी न्यौपाने भने प्रधानन्यायाधीशको कारण नै इजलास बस्न नसकेको भन्दै उनी भएको स्थानमा नै पुगेर विवादमा उत्रिएका थिए । सो क्रममा दुई जना बिचमा भनाभन हुँदै जाँदा कुटाकुटको अवस्था बनेको हो।

सो क्रममा चुडेलमाथि न्यौपानेले आक्रमण गरेका हुन्। न्यौपानेले चुडेललाई घोक्राएर बारको मुख्य गेटसम्म पुर्‍याएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ