arrow

प्रधानसेनापतिलाई भारत भ्रमणको स्वीकृति, यस्तो छ मन्त्रिपरिषद्को निर्णय

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर : हाम्राकुरा

काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मालाई भारत भ्रमणका लागि स्वीकृति दिएको छ ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने निर्णय गरेको हो । 

साथै मन्त्रिपरिषद्ले  भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ ।  भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को बिहीबारको बैठकले निर्णय गरेको कार्कीले जानकारी दिए ।

 बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । 

यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए ।  साथै नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।  

मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ