arrow

बीस देशमा राजदूत खाली, तीन ठाउँमा मात्र सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
pm-office-singha-durbar-ktm.jpg
तस्बिर : हाम्राकुरा

काठमाडौँ। अहिले विभिन्न २० देशमा राजदूत खाली छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ देशमा राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। जसमध्ये भारतमा शङ्कर शर्मा, बेलायतमा ज्ञानचन्द्र अधिकारी तथा अमेरिकामा श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गर्ने निर्णय सरकारले गरेको छ।

सरकारले सिफारिस गरेका ३ जना व्यक्ति परराष्ट्र सेवाका अनुभवी व्यक्ति हुन्। उनीहरूले यस अघि परराष्ट्र सेवामा काम गरिसकेका छन्।

देउवा सरकारले गत असोज ५ गते ओली सरकारले गरेका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको थियो। उक्त निर्णयबाट राजनीतिक नियुक्तिबाट पठाइएका राजदूतहरू फिर्ता बोलाइए, जसमा अमेरिकाका डा. युवराज खतिवडा, भारतका नीलाम्बर आचार्य, चीनको महेन्द्र पाण्डे, बेलायतका लोकदर्शन रेग्मी, कतारका नारद भारदाज, स्पेनका दावा फुटि शेर्पा, मलेसियाका उदयराज पाण्डे, इजरायलका अञ्जन शाक्य, जापानकी प्रतिभा राणा, बङ्गलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, फिर्ता बोलाइए। असोज ५ को निर्णय पछि २० देशमा राजदूत खाली भएका छन्।

राजदूतमा सिफारिस गरिएका व्यक्तिहरूमध्ये आधा राजनीतिक नियुक्ति र आधा परराष्ट्र सेवाका उच्च कर्मचारीहरू हुने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ