arrow

बागमतीमा चार सदस्यीय मन्त्रिपरिषद् 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
rajendra-pandy-.jpg

बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीबार दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा शपथ  लिएका हुन् । मुख्यमन्त्री पाण्डेले बिहीबारै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । 

उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली काँग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरे ।

 नवनियुक्त मन्त्रीहरूले पनि बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ