arrow

जुवारी जित्नेलाई राजाले दिए चेली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
raja-cheli.JPG

काठमाडौँ ।  पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ । 

गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीत सङ्गीतहरूको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिले पहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गरिन्थ्यो । त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।

जसमा राजाले आफ्नो चेलीका लागी बर खोज्न यस्तै मञ्चनहरूमा प्रतिस्पर्धा माध्यम चलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाई यस गीतमा राम्रोसँग प्रस्तुत गरेको देख्न सकिन्छ । 

सोही गीतमा जुवारी जित्नेलाई आफ्नो चेली दिने र हारेमा घर ज्वाइँ बस्नुपर्ने सर्त राख्छन् सोही सर्त कसैलाई मन्जुर नभएपछि उनले त्यो गीत सभा नै समापन गर्ने भन्छन् त्यत्तिकैमा अर्को ठाउँको राजा आएर उनको सर्त अनुसार जुवारी खेली चेली लान तयार भएको देख्न सकिन्छ ।  

गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, शीतल शर्मा , आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ ।  

सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ