arrow

बागमती नयाँ सरकार

मुख्यमन्त्रीमा पाण्डेको नियुक्तिसँगै मन्त्रिमण्डल बिस्तार हुँदै,  यी हुन् ३ मन्त्री

 भँडेल भौतिक पूर्वाधार, खनाल आन्तरिक मामिला र मोक्तान सामाजिक विकास मन्त्री बन्ने

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
bagmati-ministyy.jpg

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदै छन् । 

केही बेर पछि हेटौँडा स्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको लागि तयारी हुँदै छ । उनी मुख्यमन्त्री बने लगत्तै उनले मन्त्रिमण्डल बिस्तार गर्ने बताइएको छ । बागमती प्रदेशमा बिहीबार नयाँ मुख्यमन्त्रीसहित ३ मन्त्री नियुक्त हुँदै छन् ।

नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल आन्तरिक मामिला, नेपाली काँग्रेसका कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार र माओवादी केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतले बताएको छ ।

हिजोको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बिहीबार नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुन लागेको हो ।

बिहीबार दिउसो साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम रहेको बताइएको छ । 

पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले समर्थनसहित हिजै हस्ताक्षर गरी दाबी पत्र बुझाइएको थियो ।

बिहीबार दिउसो मुख्यमन्त्री र  साढे ३ मन्त्रीहरू शपथग्रहण कार्यक्रम रहेको नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ