arrow

बागमतीमा ढल्यो एमाले सरकार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
asta-laximi-sakya.jpg

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। योसँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।

अहिले जारी प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्।

उनले आफ्नो छोटो कार्यकालमा गरेका कामको बारेमासमेत सम्बोधनका क्रममा ब्याख्या गरेकी छन्। सो क्रममा आफूलाइ सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएकी छन्।

शाक्यले प्रदेशसभामा ४ कार्तिकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा आजै मत विभाजन हुने कार्यसूची थियो । तर मतदान प्रक्रियामा नगइ उनले राजीनामा दिएकी हुन्।

विपक्षी गठबन्धनमा बहुमत भएसँगै एमाले सरकार बागमती प्रदेशमा ढलेको हो।

शाक्यको राजीनामासँगै बागमती प्रदेशमा बाँकी रहेको कार्यकाल पहिलो आधा समय नेकपा एकीकृत समाजवादी र त्यसपछि नेपाली कांग्रेसले सम्हाल्ने सहमति भएको छ।

शाक्यको राजीनामा आए आजै पहिलो कार्यकालका लागि नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्।

बागमती प्रदेशसभामा हाल एमालेका ४३ सांसद छन्। विपक्षी गठबन्धनमा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एसका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

गठबन्धन बाहेकका विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का २ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ((राप्रपा) का २ जना सांसद छन्।

शाक्य मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने भए पनि त्यो समय भने दशैं अगाडि नै गुज्रिसकेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ