arrow

५ वर्षीय बालकको अपहरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
balak-apaharan.JPG

कपिलवस्तु । शुद्धोधन गाउँपालिका वडा नं ३ गुलरीमा दिउसो १ बजे ५ वर्षीय वालकको अपहरण भएको छ । अब्बु कलाम डफालिका ५ वर्षीय छोरा अमिर खान डफालिको अपरण भएको हो । 

घरमा कोही नभएको अवस्थामा घरमा आएर अपरिचित व्यक्तिले  फकाएर बालकलाई पैसा दिएर  पसलबाट पान लिएर आऊ भनेर पठाएको र उक्त बच्चा पान लिन जाँदा बाटोबाट समातेर मोटरसाइकलमा राखेर अपहरण गरेको स्थानीयले बताएका छन् ।

 घटना बालको बुवा सँग लेनदेनको भएको र सो लेनदेनलाई पैसा असुल्नको लागी निर्दोष बालकको अपहरण गरेको हुन सक्ने स्थानीयले आकलन गरेका छन् । 

बालकको गहन रूपमा  खोजी कार्य भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । भारतको सीमा नजिकै भएको कारण भारत तर्फ बालकलाई लगेको हुन सक्ने भन्दै आफन्त भारत तर्फ खोजी कार्य गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ