आइवार्ट सर्ट फिल्म फेष्टीबल २०२१ हुँदै, खुल्यो आवेदन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
494
Shares
काठमाडौँ । रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन आइवार्ट नेपाल च्याप्टरले तेस्रो आइवार्ट सर्ट फिल्म फेष्टिबल २०२१’ को आवेदन खुल्ला गरेको छ ।
फिल्म निर्माण, निर्देशन, लेखन लगायतका क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फिल्म फेष्टिबल आयोजना हुँदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताइन् ।
सर्ट फिल्म फेष्टिबलमा सहभागिताको लागि, ३ देखि १५ मिनेटसम्मको फिल्म हुनुपर्ने, महिला निर्देशक हुनुपर्ने, फिल्म एफएचडी फरम्याटमा हुन पर्ने छ । फिल्मको लागि नोभेम्बर १६ तारिखसम्म डेटलाइन रहेको सर्ट फिल्म फेष्टीबलकी संयोजक इच्छा गुरुङले बताइन् ।
फेष्टीबलमा फिल्म विषयमा अध्ययनरत विद्यार्थीहरू, सञ्चारकर्मी, तथा फिल्म निर्माणमा रुचि भएका विभिन्न क्षेत्रमा आबद्ध भएकाहरूले फिल्म सहभागिता जनाउँदै आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण २०१९ बाट फिल्म फेष्टीबल भर्चुअल माध्यमबाट हदै आएको र यस वर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ ।
गत वर्ष सङ्गीता श्रेष्ठको आइसक्रिम’ र रजिला श्रेष्ठको लाखे’ विजेता बनेका थिए भने निशा मानन्धरको आइ एम अ फाइटर’ फष्र्ट रनर अप भएका थिए ।