आविष्कार केन्द्रमा माइनस ८६ डिग्रीसम्म चिसो राख्ने चार वटा रेफ्रिजेरेटर, कोरोना खोपलाई काम लाग्ने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
412
Shares
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुनले केन्द्रमा माइनस ८६ डिग्री सेन्टिग्रेडसम्म चिसो हुने चार वटा रेफ्रिजेरेटरहरु रहेको बताएका छन् । उनले कोरोना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकालाई कम्तीमा माइनस ७० डिग्री सेन्टिग्रेडसम्म राख्नुपर्ने भएकाले समस्या भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताइरहँदा पुनले केन्द्रसँग ४ वटा त्यस्ता रेफ्रिजेरेटरहरु रहेको जानकारी दिएका हुन् ।
सामाजिक संजाल फेसबुकमार्फत उनले भनेका छन्, ‘यस्ता रेफ्रिजेरेटरहरु बजारमा साधारणतया नपाइने रहेछन् । कुनै सरकारी अस्पतालमा वा भ्याक्सिन लगाउने केन्द्रमा कोरोनाको भ्याक्सिनहरु सुरक्षित राख्न यस्तो रेफ्रिजेरेटर चाहिएमा सम्पर्क गर्नु होला।’
उनले अगाडि लेखेका छन्, ‘ती रेफ्रिजेरेटरहरु चीनबाट आयात गरिएको हो र त्यो किन्नको लागि चाहिने २९ लाख रुपैयाँ अमेरिकामा बस्ने नेपालीहरुले दान गरेको हो ।’
पुनले अगाडि भनेका छन्, ‘अहिले नै राष्ट्रिय आविष्कार केन्द्रमा त्यस्ता अति चिसो हुने रेफ्रिजेरेटरहरु बनाउन सकिँदैन भन्ने कुराको जानकारी पनि दिन चाहन्छु । आविष्कार केन्द्रमा किन नबनाएको भनेर नहँसाउनु होला ।’