arrow

बस्न सकेन ‘फूल कोर्ट’ बैठक

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
Supreme_Court_news.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा सोमवार बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । 

प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो ।

आज प्रधानन्यायाधीशले तोकेको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण उक्त इजलासमा सुनुवाइ हुन नसकेको हो ।

 न्यायाधीशहरूबिच मङ्गलवार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ