arrow

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
deuba-cabinet1-2078-03-29.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको हो । बैठक अघि देउवाले मन्त्रीहरुसँग आन्तरिक छलफल गरेका छन् ।

देशका विभिन्न भागमा बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

बैठकमा कर्मचारी बढुवा, स्थायी दरबन्दी स्वीकृत गर्ने र शिक्षक सेवा आयोगको ११औं संशोधन स्वीकृत गर्ने लगायतका एजेण्डा रहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ