arrow

ठगी आरोपमा चन्द्र र जीवन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
Pakrau.jpg
तस्वीरः जिल्ला प्रहरी कार्यालय

पोखरा । कास्की प्रहरीले मुद्दा मिलाई दिन्छु भनी पाँच लाख ठगी गर्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका वडा नं.१ घर भइ हाल पोखरा ५ बस्ने वर्ष २९ का चन्द्रबहादुर बल र गोरखा शहीद लखन गाउाँपालिका १ स्थायी घर भई हाल पोखरा २६ अर्घौंचोक बस्ने वर्ष ३१ का जीवन गुरुङ छन् । 

उनीहरुले गत असोज १९ गते लामाचौरको जुवा खालबाट पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै पाँच लाख मागेको कास्की प्रहरीको आरोप छ । 

रकम माग गरेर ठगी गर्न खोजेको भन्ने जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

पक्राउ परेका दुवैलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा मुद्धा अघि बढाइएको डिएसपी हमालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ