साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने
एएफपी,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
884
Shares
फाइल तस्बिर
रियाद। विश्वको सबैभन्दा ठुलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ। ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीले शनिवार यो घोषणा गरिएको हो।
"म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ," युवराज मोहम्मद बिन सलमानले "साउदी ग्रीन इनिसिएटिभ" फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन्।