arrow

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको पद धरापमा : विश्वासको मत लिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
astalaxmi-shakya.JPG

काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्रीको पद जाने पक्का भएको छ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अहिले हेटौँडा स्थित प्रदेश सभा बैठकमा विश्वासको मत लिँदै छिन्।

बैठक भर्खरै सुरु भएको छ। बैठकमा सहभागी हुन नेकपा एमालेका प्रदेश सांसदहरूसमेत प्रदेश सभामा गएका छन्।

अहिले सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत लिनका लागि समय दिएका छन्। शाक्यले अहिले प्रदेश सभामा सम्बोधन गर्दै छिन्।

उनले सम्बोधन सकेपछि मतको प्रक्रिया सुरु हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ