arrow

प्रदेश १ मा १२० संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक-एक र प्रदेश बाहिरका चार जनामा संक्रमण भएको हो । 

स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच-पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई-दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक-एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई-दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक-एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक-एक जनामा संक्रमण पुष्टि भएको छ । 

त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक-एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक-एक र प्रदेश  बाहिरका चार जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ८९ महिलासहित १६५ जना संक्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ