arrow

अमिताभदेखि अजयसम्म : को-को उड्छन् निजी विमानमा ?

जोसँग छ करोडौँको निजी विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
JET-ACTOR.jpg

 एजेन्सी । बलिउडमा आफ्नो निजी विमानमा यात्रा गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । बलिउड कलाकारसँग सुविधा सम्पन्न गाडी घर हुनु नौलो कुरा होइन । किनकि बलिउड कलाकारसँग निजी विमान हुने गरेको छ । उनीहरू आफ्नै विमानमा  यात्रा गर्न रुचाउने गर्दछन् । बलिउडका थुप्रै स्टारहरू आफ्नो निजी विमानमै यात्रा गर्न मन पराउँछन् । सलमान खान, प्रियङ्का चोपडा, अक्षय कुमार, शिल्पा शेट्टी ती कलाकार हुन् जो आफ्नो निजी विमान प्रयोग गर्ने गर्छन् ।

बलिउडका मेगा स्टार अमिताभ बच्चन चर्चित मात्र छैनन् उनको जीवन पनि त्यतिकै विलासी रहेको छ । उनी आफ्नो निजी विमानको प्रयोग पारिवारिक यात्राको लागि गर्ने गरेका छन् ।

शाहरुख खानसँग पनि आफ्नो निजी विमान रहेको छ । सो विमानमा उनका सहयोगी कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोसनको लागि गर्ने गरेका छन् ।
 

सुपरस्टार सलमान खान भारतीय चलचित्र उद्योगका सबैभन्दा ठुलो स्टार हुन् । सलमान खान एक आकर्षक निजी जेटका मालिक पनि हुन्।

अजय देवगणले बलिउडमा कयौँ चर्चित फिल्म दिएका छन् । उनी आफ्नो स्टारडमका लागि पनि प्रसिद्ध छन् । अजय देवगणसँग एक प्राइभेट जेट पनि छ ।

ऋतिक रोशन बलिउडका राम्रा अभिनेताहरू मध्येका एक हुन् । उनी भारतीय बालबालिकाका लागि महानायक हुन् । उनीसँग एक अलग स्टाइलिश निजी जेट रहेको छ ।

अक्षय कुमार आफ्नो मेहनतले बलिउडमा स्थापित भए । अक्षयसँग सुविधा सम्पन्न विमान रहेको छ । उनी परिवारसँग छुट्टी मनाउन सो विमानको प्रयोग गर्छन् ।

अभिषेक बच्चन र ऐश्वर्यासँग पनि निजी विमान रहेको छ । दुवैलाई सो विमानमा विवाहको समय देखिएको थियो । बच्चन परिवारमा दुई निजी विमान रहेका छन् ।
 

बलिउडकी देशी गर्ल प्रियङ्कासँग पनि निजी विमान रहेको छ । उनी सो विमानको प्रयोग प्राय घुम्नलाई गरेकी छन् ।

बलिउड अभिनेत्री शिल्पा सेट्टिसँग पनि आफ्नै निजी विमान रहेको छ । उनी आफ्नो परिवारसँग बिदा मनाउनलाई सो विमानको प्रयोग गर्ने गर्छिन् । शिल्पाका श्रीमान् राज कुन्द्रा चर्चित व्यापारी हुन् ।    

अनिल कपूरसँग पनि निजी जेट रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ