यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसङ्घीय विशेष दूतको सुझाव
सिन्ह्वा
प्रकाशित २०७८ असोज ३० शनिबार
919
Shares
फाइल तस्बिर
यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रन्बर्गले बिहीबार यमनको आन्तरिक राजनीतिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन्। यहाँको सङ्कट समाधान राजनीतिक रूपमा खोजिनुपर्ने उनले बताएका हुन्। यसका लागि यहाँका राजनीतिक शक्तिहरूका बीचमा एक किसिमको बृहत् राजनीतिक सहमतिका आधारमा यस्तो समाधान निकाल्नुपर्नेमा उनले जोड दिएका हुन्।
यमनका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत ग्रन्डबर्गले यसका लागि यहाँका सबै प्रकारका राजनीतिक शक्तिका साथै राजनीतिक दलहरूका बीचमा पनि बृहत् राजनीतिक सहमति हुनु जरुरी छ भनेका हुन्। यसरी निकालिएको राजनीतिक समाधानले मात्र यहाँको समस्याको दिगो समाधान हुने र यहाँको आर्थिक, सांस्कृतिक पुनर्स्थापनाका लागि सहयोग पुग्नेछ– उनले भनेका छन्।
यमनमा विगतका केही वर्षहरूदेखि राजनीतिक हिंसा जारी रहेको छ। यसबाट कैयौँ नागरिकको ज्यान पनि गएको छ। यहाँको हिंसा अन्त्यका लागि शान्तिपूर्ण वार्ताको माध्यमबाट अघि बढ्नुपर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।