arrow

कैदी नम्बर एन९५६ अर्थात् आर्यन, दशैंमा पनि जेलमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
aryan-sharukha-son-jail.JPG

काठमाडौं । लागुऔषध लिएको आरोप लागेका बलिउड बादशाह शाहरुख खानका पुत्र आर्यनले दशैंमा पनि मुक्ति पाएनन् । क्रुज ड्रग्स पार्टी मुद्दामा पक्राउ परेका आर्यन कम्तीमा २० अक्टुबरसम्म मुम्बईको आर्थर रोड जेलमै रहनु पर्नेछ । 

मुम्बईको स्पेशल एनडीपीएस कोर्टले बिहीबार यो मामलाको सुनुवाईपछि आफ्नो फैसला सुरक्षित राखेको छ । आर्यन कैदी नम्बर एन९५६ बनेका छन् । उनी शुक्रबार क्वारेन्टिन समय सकिएपछि आमद वार्डबाट जनरल वार्डमा सारिएका छन् । 

आर्यनसँग अन्य ५ आरोपी पनि रहेका छन् । सबैले आगामी ६ दिनसम्म २५० भन्दा बढी कैदीसँग कष्टकर जीवन बिताउनु पर्नेछ । यो ठाउँको क्षमता ५० देखि ८० जनाको हो । तर हाल २५० बढी छन् । 

आर्यनलाई पनि विशेष खातिरदारी गरिने छैन । गत ८ अक्टुबरमा जेलमा छिरेपछि आर्यनका पूरै कपडा उतारेर तलाशी लिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ