arrow

किशोर कुमारका अचम्मका यी पाँच किस्सा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
kishor-kumar.jpg

काठमाडौं । बलिउडका अभिनेता, निर्देशक, गायक किशोर कुमार बितेको ३४ वर्ष पुगेको छ । तर उनको कलाकारिता ज्यूँदै छ । ४ अगष्ट १९२९ मा मध्यप्रदेशको खन्डवामा जन्मिएका उनको सन् १९८७ अक्टुबर १३ तारिखमा ५८ वर्षको उमेरमा मुम्बईमा निधन भएको थियो । उनको युवावस्थामै निधन भए पनि उनलाई सबैले ‘किशोर दा’ भनेर बोलाउँथे ।  

उनको आवाजबाट सबै प्रभावित छन् । उनको जीवनका कतिपय किस्सा बिर्सन नसकिने खालका छन् । उनको पूण्यतिथि मनाइरहँदा उनीमाथि लागेका किस्सा अनौठा थिए । तीमध्ये पाँच किस्सा यस्ता छन्–
१, कांग्रेसले गर्यो प्रतिवन्ध–
असीको दशकमा जब भारतमा आपतकाल लाग्यो तब कांग्रेसले किशोर कुमारसँग एउटा गीत गाउन आग्रह गर्यो । जसका लागि उनी तयार भएनन् । यसप्रति चिँढिएको कांग्रेसले कठोर निर्णय लियो । उनका गीत अलइन्डिया रेडियोमा प्रतिवन्धमा परे । उक्त प्रतिवन्ध लगाउने कांग्रेस नेता विद्याचरण शुक्लको नक्सली हमलामा ज्यान गएको थियो । 

२, बीआर चोपडासँग शर्त–
उनको स्वभावका कारण धेरैलाई हैरानी पनि पारेको थियो । त्यसको शिकार एक पटक फिल्म निर्माता बलदेव राज चोपडा पनि परे । किशोरका भाइ अशोक कुमार र बीआर चोपडा शुरुआतदेखि नै साथी थिए । तर जब पारिवारिक नाताबीच किशोर कुमार चोपडासँग काम माग्न गए तब उनले केही शर्त राखिदिए । तब किशोरले हाल आफ्नो खराब समय चलिरहेको छ तब मसँग शर्त राखिएको छ जब मेरो राम्रो दिन आउँछ तब म शर्त राख्ने छु भनेका थिए । 

यो विषयलाई अरु सबैले भुले तर किशोर दाले भुलेनन् । जब बीआर चोपडा उनीसँग आफ्नो एक फिल्मका लागि आए तब किशोरले शर्त राखे । उनको शर्त थियो कि ‘धोती लगाएर खुट्टामा मोजा र जुता लगाएर आउनू’, ‘मसँग साइन गर्नका लागि पान खाएर आउनू त्यो पनि लार लगाएको जसबाट तपाईको मुख रातो–रातो देखियोस्’ । अचम्म त के भने चोपडाले न पान खान्थे न धोती लगाउँथे । 

३, जब ऋषिकेशलाई वाचम्यानले भगाइदिए–
एकपटक चर्चित निर्देशक किशोर कुमारसँग भेट हुन उनको घरमा गएका थिए । तर उनका वाचम्यानले ती निर्देशकलाई घरभित्र छिर्न दिएनन् । बेइज्जत गरेर त्यहाँबाट हटाइयो पनि । किशोर कुमारले एक बंगाली संस्थाका लागि शो गरेका थिए । जसले उनलाई पैसा दिएको थिएन । रीसमा आएर किशोर कुमारले गेट किपरलाई कोही बंगाली बाबु घरमा आए उनलाई भगाइदिन भनेका थिए । ऋषिकेश मुखर्जी पनि बंगाली थिए । वाचम्यानले उनलाई पनि भगाइदिए । 

४, ‘किशोर कुमारदेखि सावधान’
खासगरी घर छिर्दा कसैलाई सचेत गराउन ‘कुकुरदेखि होसियार’ वा ‘कुकुरदेखि सावधान’ लेखिन्छ । तर किशोर कुमारले आफ्नो घरको बाहिर ‘किशोर कुमारदेखि सावधान’ को बोर्ड लगाएका थिए । एकपटक निर्माता निर्देशक एचएस रवेल पैसा दिन किशोरको घर गए । पैसा दिएपछि किशोर कुमारसँग हात मिलाउन थालेपछि उनले रवेलको हात मुखले टोक्न थाले । रवेल अचम्ममा परे । तब किशोरले सोधे –के तपाईले साइनबोर्ड देख्नु भएन ?

५, सिन सकिएपछि पनि घण्टौं कारमा
किशोर कुमारका कुनै कुनै हर्कत बिर्सन नसकिने छन् । यसबाट एक निर्देशक दिक्क भएर अदालतको मद्धत माग्न पुगेका थिए । उनले अदालतबाट एक सम्झौता नै ल्याएका थिए । शुटिङका क्रममा यदि किशोर कुमारले निर्देशकको निर्देशन नमाने उनीमाथि मुद्दा चलाउन सक्नेछन् । अर्को दिन जब किशोर शुटिङमा पुगे तब जे निर्देशक भन्छन् त्यही माने । एक सिनका क्रममा उनी कारबाट बाहिर निस्केनन् । किनकि निर्देशकले बाहिर निस्कन भन्दै भनेनन् । अर्को सिनमा निर्देशकले कारबाट केही टाढा गएर उत्रन भनेका थिए । तर किशोर दा कारबाट उत्रेनन् । निर्देशकले कुरेर बसे । तब पत्ता लाग्यो कि उनी कारबाट खण्डाला गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ