काठमाडौँ । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । हाँस्य कलाकार गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन् ।
चार वर्षअघि कलाकार गजुरेल र उनकी पूर्व पत्नीबीच डिभोर्स भएको थियो । समय क्रम अनुसार अघि बढ्दै गर्दा बाबु नानीको आग्रह एवं आवश्यकताका किसिमले सम्बन्ध जोडिएपछि मन्जु पोखरेलसँग विवाह गरेको उनले जानकारी दिएका छन् ।
उनले पत्नी पोखरेल र आफू एक खालको परिवेश र उस्तै खालको भोगाई बाट गुज्रिएको बताउँदै सहयात्रा गर्ने निर्णयमा पुगेको बताएका छन् ।