बुद्धिचालको प्रचार गर्न बिमल गौतमले ल्याए पृथक गीत
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
2.1k
Shares
काठमाडौं । गायक विमल गौतमले ‘बुद्धिचाल’ बोलको गीत सार्वजनिक गरेका छन् । उनको आफ्नै संगीतमा तयार भएको उक्त गीतको शब्द गायक स्वयम् र बिदुर गौतमले संयुक्त रुपमा लेखेका हुन् ।
बुद्धिचाल अर्थात् चेस खेल खाली हार जित र मनोरन्जन मात्र नभई यसका विभिन्न फाइदाहरु छन् । विशेष गरी बच्चाहरुको सोच्ने शक्ति, स्मरण शक्ति, आलोचनात्मक र रचनात्मक क्षमता वृद्धिमा यसले ठूलो भूमिका खेल्छ ।
त्यस्तै यो खेल एक किसिमको ध्यान भएकाले विशेष गरी ज्येष्ठ नागरिकमा देखिने डिमेन्सिया र डिप्रेसनबाट बच्न ठूलो मद्दत गरेको विभिन्न अनुसन्धानले बताएका छन् ।
समग्रमा बुद्धिचालले समाज विकासमा ठूलो प्रभाव पार्ने दाबीसहित यसको प्रचारप्रसारका लागि गीत नै बनाएर बाहिर ल्याएको गौतमले बताएका छन् ।
पाँच वर्षअघि नै शब्द र संगीत तयार भए पनि केही परिमार्जन गर्दै रिलिज गर्दा ढिलाई भएको गौतमले बताए ।
यो गीतमा बुद्धिचालको परिचय र यसको विशेषताबारे बर्णन गरिएको छ । गायक गौतमको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको लिरिकल भर्सनको गीतमा विक्रम कार्कीको एरेन्ज र मिक्सिङ रहेको छ भने गीतलाई भेनस रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।
यस्तो छ गीत