arrow

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव पेस, छलफल भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
astalaxmi-shakya.JPG
फाइल तस्विर।

हेटौंडा। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेकी छन्। आइतबार बसेको बागमती प्रदेश सभाको नवौँ अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेकी हुन्। 

प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेस भए पनि त्यस उपर सभाको सो बैठकमा कुनै छलफल भने भएन।बागमती प्रदेश सभाको अर्को बैठक कार्तिक ४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। 

प्रस्ताव पेस गर्दै उनले आफूले प्रतिनिधित्व गर्ने दल नेकपा(एमाले) विभाजन भएकाले संविधानको धारा ८८ को उपधारा २ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेस गरेको उल्लेख गरिन्।  

उनले भनिन् – ‘माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा ८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने यस दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासका मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचन आयोगको मिति २०७८÷०५÷२५ को निर्णयले मैले प्रतिनिधित्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) बागमती प्रदेश सभामा केही सदस्यले नेकपा(एकीकृत समाजवादी) रोजेको भन्ने निर्णय भई मिति २०७८-०५-२७ मा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दल गठन भई दल विभाजन भएको परिप्रेक्षमा  नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली ७४ को नियम १४३, उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न सम्मानित सभा समक्ष यो प्रस्ताव पेस गर्दछु ।’

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ