arrow

सत्ताको खेल

बागमतीमा ढल्दै एमालेको सरकार, मूख्यमन्त्री शाक्य विश्वासको मत लिँदै

विपक्षी गठबन्धन बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
astalaxmi-shakya.JPG
तस्वीर–फाइल ।

हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार विश्वासको मत लिँदै छिन् । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले आइतबारदेखि शुरु हुने प्रदेशको नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लागेकी हुन् । 

नेपालकी पहिलो महिला मूख्यमन्त्री बन्ने क्रममा गत भदौ २ गते एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना छैन । 

१०९ सदस्यीय प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । सत्तारुढ एमालेका ४३ सांसदमात्रै छन् । एमालेबाट नेकपा एकीकृत समाजवादी विजाजन भएपछि १३ सांसद नेकपा एसतिर लागेका छन् । 

कानूनी वाध्यताअनुसार संसदमा विश्वासको मत लिन लागेकी शाक्यको मुख्यमन्त्रीको कुर्सी पनि अन्तिम क्षणतिर पुगेको छ । 

कसका सांसद कति ? 
१०९ सांसदमध्ये एमालेका ४३, नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका २ तथा जनता समाजवादी पार्टीका १ सांसद छन् । 

यीमध्ये एमालेका ४३ सहित राप्रपा र नेमकिपाको गरी ४७ मत हुने देखिन्छ । बाँकी मत विपक्षमै आउने देखिन्छ । संघीय सत्तारुढ गठबन्धनका मात्रै ५९ सांसद घन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ