arrow

काँग्रेसको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

logo
रासस,
प्रकाशित २०७८ असोज २३ शनिबार
prakash-mahata-up-cm-yogi.jpg
तस्बिर : रासस

काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ। उत्तरप्रदेश स्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतलेलाई जानकारी दिए।

त्यस क्रममा आफूहरूले नेपाल–भारत सम्बन्ध द्विपक्षीय हित तथा दुई देशबिचका राजनीतिक धार्मिक संस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको जानकारी डा महतले दिए। भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताए।

मुख्यमन्त्रीले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको जनाउँदै नेपाल र नेपालको राष्ट्रियता बलियो हुनुपर्छ र मात्र यसमा भारतको हित छ भनेको डा महतले जानकारी दिए।

त्यस भेटका क्रममा आफूले बनारसमा रहेको नेपाली मन्दिर हिन्दु कोरिडोर निर्माणका क्रममा विस्थापित हुनु सक्ने विषयमा चासो राखेको र मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा आफूले निर्देशन दिइसकेको जानकारी पनि दिएको डा महतले बताए।

भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेका नेता द्वय उदय शमशेर राणा र अजय चौरसिया छन्। आजको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ