काठमाडौं । अघिल्लो लकडाउनमा छायांकन शुरु भएको चलचित्र ‘प्रेमगन्ज’को काठमाडौं सेड्युल ३३ दिनमा सकिएको छ । यस भन्दा पहिले नै २७ दिन सुट भैसकेको चलचित्रको काठमाडौंमा ३३ दिन छायांकन भएको हो । अझै चलचित्रको सम्पूर्ण सुट सक्न भने १५ दिन लाग्ने छ जुन दशै पछिको कार्यतालिका अनुसार काभ्रेको नाला ,दोभानटार , सुनापाती र मादनमा हुने छ ।
सामान्य तया नेपाली चलचित्रको छायाकंन ४० दिनको रहने गर्छ । अझ धेरै जस्तो चलचित्र त २५ देखि ३० दिन मात्रै सुट चल्ने गर्छ । तर चलचित्र प्रेमगन्जको भने ७५ दिन छाँयाकन चल्ने छ ।
अन्य तीन वटा नेपाली चलचित्र खिचे झै तपाईंले यसमा त्यस्तो के विशेष खिच्नु भयो र यत्रो समय लाग्यो ? भन्ने प्रश्नमा निर्देशक परिच्छेद सेनले भने,‘अन्य नेपाली चलचित्रमा पचपन्नदेखि एक सयको हराहारी सम्मको दृश्य संख्या हुन्छ । यसमा ए/बि सहित तीन सय पचास दृश्य छ । लगभग दस हजार सट छ । त्यसमध्य पनि लोकेशन अतिनै सिफ्ट छ । त्यसकारण पनि धेरै दिन लागेको होला त्यो बाहेक त्यस्तो अरु कुनै विशेष कारण नभएको बताए ।
तीन सय पचास दृश्य र दसहजार सटको चलचित्र कस्तो बन्ला त्यो भने हेर्न बाँकी नै छ । चलचित्र २०२२ मा प्रदर्शन हुने बताइएको छ । सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छन । ‘प्रेमगन्ज’ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।