arrow

ताइवानमाथि चीनले प्रभाव बढाएसँगै बाइडेनले सी चिनफिङसँग वार्ता गरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
biden-xi.jpg

काठमाडौँ । सोमबार एकै दिन अहिलेसम्मकै धेरै ५६ चिनियाँ लडाकु जहाज ताइवानी वायु रक्षा क्षेत्रमा घुसेका थिए । अक्टोबर १ मा चीनले आफ्नो राष्ट्रिय दिवस मनाएयता मात्रै १ सय ४० भन्दा बढी लडाकु जहाज ताइवानी आकाशमा उडाएको छ ।

चीनले ताइवानमाथि आक्रामकता बढाउँदै गएसँगै ताइवानले आफू सतर्क भएको बताएको छ । यसबिच अमेरिकी राष्ट्रपति जो बाइडेनलेसमेत चिनियाँ समकक्षी सी चिनफिङसँग वार्ता गरेको बताएका छन् ।

ह्वाइट हाउसमा रिपोर्टरहरूसँग बोल्दै  बाइडेनले सी चिनफिङसँग कुरा गरेको बताएका हुन् । उनले भनेका छन्, 'सीसँग ताइवानको बारेमा कुरा गरेको छु, हामी सहमत छौँ, हामी ताइवान सम्झौताको पालना गर्नेछौँ, र हामीले यो स्पष्ट पारेका छौँ कि मलाई लाग्दैन कि उसले सम्झौताको पालना गर्नु बाहेक अरू केही गर्नु पर्छ।'

बुधवार ताइवानका रक्षा मन्त्री चु कुओ चिङले संसद्मा बोल्दै अहिलेको अवस्था ४० वर्षयताकै खराब रहेको बताएका छन् । यसबाहेक उनले बेइजिङले सन् २०२५ सम्ममा पूर्णरुपमा आक्रमण गर्ने क्षमता राख्ने चेतावनी समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ