arrow

सीता भण्डारी मृत्यु प्रकरणः रहस्यमयमै बित्न थाल्यो महिना 

logo
नारायण वली
प्रकाशित २०७८ असोज १९ मंगलबार
sita-bhandari-case.jpg

रुपन्देही। रुपन्देहीकी सीता भण्डारी पौडेलको मृत्यु भएको मंगलबार २९ दिन भयो । गत भदौ १४ गते माइतीबाट घर आएकी उनी भदौ २० गते आफ्नै घरमा पासो काटिएको अवस्थामा मृत फेला परिन् ।

भदौ १४ गते मृतक सीताका श्रीमान् टीका पौडेलले श्रीमतीलाई फोन गरी 'भदौ १४ भतिजीको जन्मदिन छ, तिमी घर आउ, म पनि सांझसम्म घर आउँछु' भनेको र सोही दिन राति मृत्यु हुनुमा माइती पक्षले आफ्नी छोरीको नियोजित रुपमा हत्या गरिएको भन्दै शव वुझ्न मानेका छैनन् ।

तर, यता प्रहरीले मेडिकल रिपोर्टमा आत्महत्या देखाएको भन्दै, हत्या भएको हो भन्ने माईती पक्षको भनाईलाई स्वीकार गर्न नमानेपछि उत्पन्न विवादले सिताको शवलाई २९ दिन यता लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शव गृहमा अलपत्र पर्दै आएको छ ।

गत भदौ २० गते रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित कफि कम्पनी नजिक रहेको आफ्नो घरमा पासो काटिएको अवस्थामा आफ्नै घरको कोठामा मृत फेला परेकी सीताको  मृत्यु प्रकरण किन रहस्यमय बन्दै गएको छ, भन्ने सवालमा धेरै प्रश्नहरु उब्जिएका छन् । घटनाको प्रकृति हेर्दा माईती पक्षले छोरी सिताको आत्महत्या नभई हत्या गरिएको दाबी छ भने, प्रहरीले भने पोष्टमार्टममा आत्महत्या देखिएको अडान लिदै आएको छ । तिलोत्तमा नगरपालिका वडा ५ मा रहेको आफ्नै घरमा मृत फेला परेकी २७ बर्षीया सिताको मृत्युको कारण भने अझै खुल्न सकेको छैन्।

मृत्यु भएपछि, शव वुझ्न नमानेका माइती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलमा घर पक्षलाई विपक्षी वनाएर आफ्नी छोरीको रहस्यमय मृत्यु हुनुको कारण घरका सदस्यको संलग्नता रहेको भन्दै, शुरुमा मुद्दा दर्ता गर्न खोज्दा तर, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख मदन कुंवरले उक्त मुद्दा दर्ता गर्न नमानेपछि अन्ततः माइती पक्षले सडक आन्दोलन गरेपछि प्रहरीले मुद्दा दर्ता बताएको छ ।

मृतक सिताका वुवा हरि प्रसाद भण्डारीले प्रहरीले मुद्दा दर्ता गर्न नमान्नुलाई कतै प्रहरीको पनि संलग्नता त छैन भन्ने आशंका प्रहरी कै क्रियाकलापले स्पष्ट पारेको बताउँदै, होईन भने जनताको सुरक्षामा खटिएको निकायले नागरिकको अधिकारलाई कुण्ठित गर्न खोज्दा प्रहरी माथि शंका बढेको बताउँछन् ।

माइती पक्षले सिताको मृत्यु हुनुको कारण खोजिरहेका वेला असोज १५ गते प्रहरीले एउटा बिज्ञप्ति निकाल्यो सिताको सुसाईट नोट मोवाइलमा भेटियो भनेर, तर माईती पक्षले प्रहरीको अनुसन्धानले प्रस्तुत गरेको सुसाईट नोट प्रतिवेदनलाई मान्न तयार छैनन् । यो प्रतिवेदनले सिताको गल्ती देखाएर घटनालाई तोडमोड गर्न प्रहरीको सक्रियता बढेको बताएका छन् ।

प्रहरीले पोष्टमार्टम रिपोर्टलाई आधार मानेर आत्महत्या नै  दावी गर्छ, तर माईती पक्षले भने, घटनाको प्रकृति हेर्दा, पोष्टमार्टम रिपोर्ट र प्रहरीको दावी लाई मान्न तयार छैनन् । भदौ २० गते बिहान ५ बजेतिर ज्वाई टीकाले ससुरा हरि प्रसाद भण्डारीलाई जरुरी काम छ भन्दै आफ्नो घरमा बोलाउँदा, घर पुग्दा छोरी सीताको मृत्यु भइसकेको र ज्वाई टीका पौडेल घरमा नभएको बताए ।

घटना स्थलमा सीताको घाँटीको पासो काटिएको, मुख बाट अत्यधिक रगत बगेको, शरिरमा निल डाम भएको, गला कसिएको र भुईँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षले दाबी गर्दै आएको छ। ईलाका प्रहरी कार्यालय बुटवलमा सिताका वुवा भण्डारीले घर पक्षका श्रीमान् टिका पौडेल र आमाजु विष्णु पौडेल विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेकाले उनीहरु सहित टिकाका दाई जनप्रतिनिधि हरि पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वुवा भण्डारीका अनुसार सीता र टीका बीच २ वर्षअघि मागी विवाह भएको बताईएको छ । विवाहपछि उनीहरु पाल्पा तानसेनमा दी दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए।  सीता भदौ ७ गते तिलोत्तमा ४ मा रहेको माइती घर गएको वुझिएको छ । उक्त घटनालाई अहिले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हेरेको छ । 

न्यायका लागि आन्दोलन
असोज १७ गते झन्डै एक महिना वित्न लाग्दा समेत छोरी सीताको मृत्युबारे प्रहरीले चित्त बुझ्दो अनुसन्धान नगरेको भन्दै, माईती पक्षले कहिले सडक त कहिले अदालत अगाडि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै धर्ना दिदै आएका छन् । उनीहरुले घटनाको वास्तविकतालाई प्रहरीले नै बाहिर ल्याउन चासो नदेखाएको जनाउँदै, प्रहरीको कार्यप्रति असन्तुष्ट जनाएका छन् ।

प्रहरीसँग झडप

माईती पक्षले आत्महत्या नभई हत्या गरिएको भन्दै आइतवार असोज १७ गते सडकमा आएका माईती पक्ष र प्रहरी विच झडप समेत भयो ।झडपमा पीडित पक्षले ढुंगा प्रहार गरेका थिए भने, प्रहरीले पनि ढुंगा र लाठ्ठी प्रहार गरी आन्दोलित पीडित पक्षलाई तितरबितर बनाएको थियो ।

यस्ता छन् माइती पक्षको हत्या दावी
- पासो काटिएको अवस्थामा मृत फेला पर्नु ।
-झुण्डिएको मान्छेको मुख बाटरगत बगेको ।
-झुण्डिएको मान्छेको शरीरका विभिन्न स्थानमा नील डाम भएको ।
-२० गते विहान ५ बजेतिर माइती पक्षलाई ज्वाई टिकाले फोन गरी घर आउन मात्रै भन्नु र आफु बाहिरिनु । 
-माइती गएकी श्रीमतीलाई भदौ १९ गते दिउँसो फोन गरी घरमा भतिजीको बर्थडे छ भनी बोलाउनु र राती मृत्यु ।
-सिसिटिभी फुटेजमा देखिएको दृश्य अनुसार मृतक सीताका श्रीमान् विहान राती घरबाट वाहिरिएको । 
-माइती पक्षले घटना शंकास्पद लागेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता लिन नमानेको ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ