arrow

एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
madhav-nepal-ncp-united-socialist.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । यहाँ मंगलवार आयोजित भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । 

उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराए । इन्चार्ज केदार न्यौपानेले कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरे भने स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरे ।

प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ । 

स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गरे ।

परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलाले सुझाव दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ