arrow

न्युड मेकअपमा उत्रिइन् ऐश्वर्या (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
aishwarya-rai-bachchan.jpg

काठमाडौं । बलिउडकी चर्चित नायिका, पूर्व विश्वसुन्दरी, बलिउडका महानायक अमिताभ बच्चनकी बुहारी, अभिनेता अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन पेरिस फेशन विकमा देखिएकी छिन् । 

उनी अल ह्वाइट गाउनसँगै न्युड मेकअप तथा पिंक लिपस्टिक लगाएर र्याम्पमा उत्रिएकी हुन् । उनले पेरिस फेशन विकमा आफ्नो जादू प्रस्तुत गरेको बताइएको छ । 

कोरोना भाइरसको महामारीका कारण उनी कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकी थिइनन् । ऐश्वर्या लामो समयदेखि अन्तर्राष्ट्रिय फेशन ब्राण्ड ‘रोरियाल पेरिस’ की ब्राण्ड एम्बास्डर हुन् । 

पेरिस फेशन विकमा ऐश्वर्यासँगै गायिका क्यामिला क्याबेलो, क्याथरिन ल्याङफोर्ड, अजा नाओमी किंग लगायतले र्याम्प गरेका थिए । 

लामो समयदेखि चलचित्रबाट टाढा रहेकी ऐश्वया मणिरत्नमको चलचित्र ‘पोन्नियम सेल्चन’ मा देखिने छिन् । योपछि उनले अनुराग कश्यपको चलचित्र ‘गुलाब जामुन’ मा पनि काम गरिरहेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ