arrow

बाहुबली स्टार प्रभासको नयाँँ घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
prabhas.JPG.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । बाहुबली स्टार प्रभासले बिहीबार ७ अक्टोबरको दिनमा नयाँ घोषणा गर्ने भएका छन् । उनले आफ्नो २५ औं फिल्मका बारेमा नयाँ घोषणा गर्न लागेको जानकारी आएको हो । 

तुलुगु फिल्म पत्रकार बी ए राजुको टिमले ट्वीटरमार्फत यो खुलासा गरेको हो । हाल प्रभासको एक फिल्म रिलिजको तरखरमा छ । ओम राउतको आदिपुरुष उनको २१ औं फिल्म हुनेछ । 

प्रभासको २२ औं फिल्म सालार हुनेछ । २३ औं फिल्म प्रोजेक्ट–के हुनेछ । यो फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन र दीपिका पादुकोण रहेका छन् । 

उनको २४ औं फिल्मका निर्देशक सिद्धार्थ आनन्द हुन् । यो फिल्मको शीर्षक अझै फाइनल भइसकेको छैन । प्रभासको राधेश्याम आगामी जनवरी २२ तारिखमा रिलिज हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ