मन टुटेपछि समान्थाले त्यागिन् तीन अर्ब २० करोड गुजारा खर्च
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
2.3k
Shares
काठमाडौं । मानिसका लागि सबैभन्दा ठूलो मन हुन्छ । मनले राम्रो चाहे राम्रो हुन्छ, नराम्रो चाहे नराम्रो । तर आफ्नो वशमा कतिपय कुरा हुँदैन जसले मन दुखाउँछ ।
टलिउड अभिनेत्री समान्था अक्किनेनीको मन पनि त्यसरी नै टुक्रिएको छ । उनको चार वर्षे वैवाहिक सम्बन्ध शनिबार टुटेको छ । साउथ इन्डियाका चर्चित जोडी समान्था र नागा चैतन्यबीचको सम्बन्ध तोडिएको हो ।
उनीहरुले सन् २०१७ मा हिन्दू र क्रिष्टियन गरी छुट्टाछुट्टै परम्पराअनुसार बिहे गरेका थिए । तर चार वर्षको वर्षगाँठ मनाउनु तीन दिनअघि नै उनीहरु टुट्टिए ।
त्यसपछि टुटेकी समान्थाले चैतन्यबाट प्राप्त हुने २ सय करोड भारु (तीन अर्ब २० करोड नेपाली रुपैयाँ) पनि त्यागिन् ।
२ अक्टुबरमा सम्बन्ध विच्छेद भएपछि गुजारा खर्च बापत चैतन्यले उनलाई २ सय करोड भारु अफर गरेका थिए । तर उक्त प्रस्तावलाई समान्थाले अस्वीकार गरिन् ।