काठमाडौं । महाराष्ट्रका चलचित्र घरहरुको ताला हटाउने मुख्य मन्त्री उद्धव ठाकरेको घोषणापछि चलचित्र निर्माताहरु खुशी भएका छन् । ठाकरेले २२ अक्टोबरदेखि हल खुल्ने बताएका छन् । योसँगै फिल्म रिलिजको मिति समेत आउन थालेको छ ।
सो अनुसार सबैभन्दा बहुप्रतिक्षित चलचित्र आरआरआर फिल्मको रिलिज डेट पनि सार्वजनिक भएको छ । उक्त फिल्म आगामी जनवरी ७ तारिखमा रिलिज हुने भएको छ ।
बलिउड अभिनेत्री आलिया भट्टले सामाजिक संजालमार्फत फिल्मको पोष्टरसँगै रिलिज डेट जनवरी ७ मा हुने लेखेकी हुन् ।
यो भारतको सबैभन्दा खतरनाक एक्सन ड्रामा रहेको भन्दै हेर्नका लागि तयार हुन पनि उनले आग्रह गरेकी छिन् ।
बाहुबली निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको यो आरआरआर ४ अर्ब भारुको बजेटमा तयार भएको हो । जसमा अजय देवगण, जुनियर एनटीआर, राम चरण र आलिया भट्टको मूख्य भूमिका छ ।