काठमाडौं। सर्वोच्च अदालतका चार जना पूर्व प्रधानन्यायाशीले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले शुक्रवार चार पूर्व प्रधान्यायाधीशविरुद्धको मुद्दामा सफाइ दिएको हो ।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध सर्वोच्च अदालतको मानहानि गरेको भन्दै मुद्दा परेको थियो । अधिवक्ता धनजीत बस्नेतले उनीहरू विरुद्ध सर्वोच्चमा मानहानिको मुद्दा हालेका थिए ।
उनीहरूले २४ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई संयुक्त विज्ञप्तिमार्फत असंवैधानिक भनेका थिए ।
त्यस बखत अदालतमा विचाराधीन रहेको मुद्दामा धारणा दिएको भन्दै उनीहरुबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको थियो ।