arrow

प्रदेश एक : ३ सय २ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०२ कोरोना संक्रमित थपिएका छन् । 

सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ जना तथा ५०१ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

परीक्षणका क्रममा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा तीन-तीन, उदयपुरमा दुई तथा ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङमा एक-एक जनामा संक्रमण पुष्टि भएको छ । 

प्रदेशभर ३०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दुई महिलासहित पाँच जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ