arrow

करणी गर्न नपाएपछि १० तलाबाट धकेल्यो युवतीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
Child-rape.jpg.jpeg
तस्वीर– सांकेतिक ।

काठमाडौं । कलियुगमा पापीहरुको बिगबिगी छ । त्यही पाप एक जना करोडपति बाबुको छोराले गरेको छ । त्यो पनि कहिल्यै माफी दिन नसकिने पाप । 

भारतको कानपुरमा एक १९ वर्षीया युवतीलाई बलात्कार गर्न नपाएपछि रीसको झोंकमा उसले १० तलामाथिबाट धकेलेर मारेको पोष्टमार्टम रिपोर्टबाट खुलेको हो । उक्त रिपोर्टपछि प्रहरीले करोडपति बाबु र छोरालाई पक्राउ गरेको छ । 

ती युवतीले करोडपति ब्यापारीको घरमा काम गर्ने गर्थिन् । गत मंगलबार बेलुकी ७ बजे कानुपरको गुलमोहर अपार्टमेन्टको मुनि ती युवतीको शव देखियो । ती युवती दुई दिन पहिले उक्त अपार्टमेन्टको दशौं तल्लामा रहने प्रतीककी निजी सचिवको रुपमा काम गर्न आएकी थिइन् । 

प्रतीक सम्बन्ध विच्छेद भएको युवा हो । उसले ती युवतीको निधनपछि अपार्टमेन्टबाट कुँदेर आत्महत्या गरेको बयान दिएको थियो । जबकी मृतकका परिवारले आरोपीको विरुद्धमा बलात्कारपछि हत्या गरेको भन्दै एफआईआर दर्ता गराएका थिए । 

पुलिसले राति नै प्रतीक र उसका बाबु एसके वैश्यलाई गिरफ्तार गर्यो । बुधबार तीन डाक्टरको टोलीले युवतीको पोष्टमार्टम गर्यो । 

पोष्टमार्टममा बलात्कार पुष्टि भएन । त्यसपछि त्यसपछि स्लाइड बनाएर जाँचका लागि पठाइयो । जसअनुसार युवतीको गुप्ताङ्गमा चोट देखियो । हातमा चुरोटले पोलेको दाग पनि पाइयो । उनको हात, खुट्टा र टाउकाका हड्डी भाँचिएका थिए । 

पुलिस कमिश्नर असीम अरुणले प्रेस नोट जारी गर्दै बताए अनुसार आरोपीले युवतीसँग बलात्कारको कोसिस गरेको थियो । जब यो असफल भएपछि उसले युवतीलाई १० तल्लाबाट तल फालिदियो । (आजतकबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ