शरदले ईन्दिरालाई हेलिकोप्टरमा उडाएर खुम्बु लगेर गरे इन्गेजमेन्ट
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
1.3k
Shares
काठमाडौं । नेपाली सांगीतिक जगतकी चर्चित गायिका ईन्दिरा जोशीले जीवनको नयाँ श्रृंखला थालेकी छिन् । उनले बिहेका लागि इन्गेजमेन्ट गरेकी छिन् ।
उनले खुम्बुमा पुगेर फेसन डिजाइनर शरद केडियासँग सुटुक्क इन्गेजमेन्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा बिहीबारदेखि शुरु भएको माउन्ट एभरेष्ट फेसन रन वेमा भाग लिन पुगेका उनीहरुले उतै इन्गेजमेन्ट गरेका हुन् ।
ईन्दिराले सामाजिक संजाल फेसबुकमा शुक्रबार बिहान तस्वीर राखेर इन्गेजमेन्ट रिङ लगाइदिएको प्रमाण दिएकी हुन् ।
खुम्बुमा हेलिकोप्टरमा पुगेर शरदले ईन्दिरालाई औंठी लगाइदिएका हुन् । ईन्दिराले फेसबुकमा लेखेकी छिन्, ‘उनले सोधे तिमी मसँग बिहे गर्छौ ? मैले भनें गर्छु । म तिमीलाई माया गर्छु शरद केडिया । धेरै धन्यवाद मलाई तिमीले हरेक दिन माया दिएकामा । शरद केडिया मेरो हिरो ।’
केही समयता ईन्दिरा र शरद डेटमा थिए । औंठी त शरदले लगाए अब बाजा कहिले बजाउँछन् त्यो भने ईन्दिराले लेखेकी छैनिन् ।
फेसबुकमा उनलाई बधाईको ओइरो आएको छ । त्यसो त कसैले चित्त पनि दुखाएका होलान् ।
एक दुबईमा बस्ने दिपेन बस्नेतले लेखेका छन्, ‘कसैले ड्रोन उडाएर मिस नेपाल पट्याए कसैले हेलिकोप्टर उडाएर सिंगर । अनि हामीले के उडाउने होला त खै ।’