arrow
ADVERTISEMENT

खोपका कारण संक्रमण दर घट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ४ सोमबार
corona-vaccine-covid.jpg

झापा । कोडिभ-१९ को संक्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण संक्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । 

उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड-१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु हुने गरे तापनि हाल आएर एक वा दुईको मात्र मृत्यु भइरहेको उनले बताए । 

झापामा हालसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९८ जना पुगेको छ । दैनिकजसो जिल्लाका विभिन्न पालिकामा एन्टिजेन परीक्षण भइहरको छ । हालसम्म एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १९ हजार २७९ जना रहेका छन् । मेची कोभिड अस्पताल र कनकाई पिसीआर ल्याबमा गरी ८४ हजार ३१ जनाको पिसीआर परीक्षण गरिएको स्वाथ्य कार्यालयले जनाएको छ ।

झापामा कूल संक्रमितको सङ्ख्या २४ हजार १० पुगेकोमा एक हजार २४५ जना अस्पताल र होम आइसोलेसनमा रहेका छन् भने २२ हजार ५०१ जना निको भएर घर पठाइएको उनले बताए । 

“विगतमा एकै दिन कोडिभ-१९ बाट संक्रमित हुनेको दर ३०० सम्म पुग्थ्यो”, उनले भने, “खोप लगाउन सुरु गरेसँगै संक्रमितको दर घटेर ८० देखि ९० मा झरेको छ ।”  जिल्लामा हालसम्ममा एक लाख ६२ हजार ६८० ले पूर्ण खोप लगाइसकेका प्रमुख घिमिरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ